हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । आज माघ १३ गते सोमबार कुवेती दिनारसहित केही देशको भाउ बढेपनि यूरोपियन यूरोसहित धेरै देशको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ५० पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ८८ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ तथा बिक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ७२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री