अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने

काठमाडाैँ । सभामुखमा उम्मेदवारी दिएका अग्नि सापकोटाविरुद्धको रिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ । सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले अन्तरिम आदेशको माध्यमबाट सभामुखमा निर्वाचित नगराउन रिट दायर गरेका थिए ।

सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए ।

पेशीको पहिलो नम्बरमा रहेको भएपनि सापकोटाविरुद्धको उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ । यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेका थिए । त्यतिबेला फुयाँलले अग्नि सापकोटाविरुद्ध बहस गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस