काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमालेसँग गठबन्धन गरेर निर्वाचनमा गएको माओवादीले पनि ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने भएको छ। दुवैपार्टीले ओलीलाई समर्थन दिएको पत्र राष्ट्रपतिकहाँ पठाएपछि नयाँ सरकार गठनको प्रकृया सुरु हुन्छ।
प्रतिकृया दिनुहॊस