‘दीपक मनाङे’ माथि म्याद थप गरेर अनुसन्धान अघि बढाइने

कास्की । गण्डकी प्रदेश सभाका सांसद ‘दीपक मनाङे’ भनिने राजीव गुरुङबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेकाे थियाे ।

गुरुङलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरीका कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिए । गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी रहेको पनि डीएसपी केसीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस