भक्तपुर । मोटरसाईकल पोलमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको ज्यान गएकोे छ । बुधबार राति चाँगुनारायण नगरपालिका वडा नं. २ स्थित महाँकाल चोकमा तीब्र गतिमा आएको मोटरसाईकल पोलमा ठोक्किएको थियो ।
राति करिब ८ बजेर ५० मिनेटमा भएको सो दुर्घटनामा मोटरसाईकल चालक गणेश बयलकोटीको मृत्यु भएको हो । उनी सिन्धुली स्थायी घर भई हाल दुवाकोट बस्दै आएका थिए ।
भक्तपुरको इँटा भट्टामा जेसिवीमा हेल्परको काम गर्दै आएका २० बयलकोटीलाई दुर्घटनापछि उपाचारका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहारी म्रभाग दुवाकोटका प्रमुख रमेश राईले जाकारी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
तपाईंको प्रतिकृया




