काठमाडौँ । नेपालको एक रिसोर्टको कोठामा मृत अवस्थामा फेला परेको आठ जना भारतीय पर्यटकको पोस्टमार्टम रिपोर्ट आएसँगै उनीहरुको शव भारत लैजाने तयारी भएको छ । उनीहरूको शव आज भारत लैजाने बताइएको छ।
हिटर लगाएर सुतेका उनीहरुको निशासिएर मृत्यु भएको बताइएको छ । मंगलबार चार जना बच्चासहित आठ जना भारतीय पर्यटक रिसोर्टमा मृत्यु भएको थियो। ती दम्पती र चार बच्चाहरू केरलाबाट आएका बताइएको छ । उनीहरु सोमबार राति आफ्नो घर फर्कने क्रममा मकवानपुर जिल्लाको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्टमा बसेका थिए।
रिसोर्टको प्रबन्धकका अनुसार यी व्यक्तिहरू कोठामा बसे र आफैलाई न्यानो राख्न ग्यासको हिटर खोलेका थिए। नेपालमा डिसेम्बर र जनवरीको बीचमा शीतलहर चल्ने गर्छ। दामने एउटा चर्चित पर्यटिकय स्थल हो । प्रहरीका अनुसार रिसोर्टको कोठामा उनीहरुलाई बेहोश अवस्थामा फेला पारिएको थियो । भारतीय दूतावासकाका अनुसार सबैलाई काठमाडौंको अस्पताल चेकजाँच गरिएको थियो ।



