ग्रिजम्यानको दुई गोलमा बार्सिलोनाको जित

एजेन्सी । एन्टोनी ग्रिजम्यानको दुई गोलको सहयोगमा बार्सिलोनाले कोपा डेल रे फुटबलमा इबिजालाई हराएको छ । बुधबार राति अन्तिम ३२ को खेलमा बार्साले तेस्रो डिभिजनको क्लब ईबिजालाई २–१ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाले ३२ पटक प्रतियोगिताको उपाधि जितेको छ । पछिल्ला पाँच सिजनमा उसले चार पटक उपाधिमा कब्जा जमाएको छ । लियोनल मेस्सी र जेरार्ड पिकेलाई बिश्राम दिदै ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारिएको थियो ।

खेलको नवौ मिनेटमा जाभी पेरेजले गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाएका थिए । बार्सा स्टार ग्रिजम्यानले ७२ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिजम्यानले बार्सिलोनालाई जिताएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस