बारा । माछापुच्छ्रे बैंकको सिमरा शाखाले स्मार्ट बचत खाता खोलेका बाराको सिमरा–१४ डुमरवानाका गोविन्द चौधरीलाई दुर्घटना बीमाबापतको रकम हस्तान्तरण गरेको छ । गत पुस १५ गते मोटरसाइकलको ठक्करबाट अनुहारमा गहिरो चोट लागेका चौधरीलाई बैंकले ४७ हजार १९० रुपैयाँ बुधवार एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।
हलखोरीया साझेदारी वन व्यवस्थापन समिति डुमरवानामा कार्यरत उनलाई डिभिजन वन कार्यालय सिमरामा एक कार्यक्रमबीच डिभिजन वन अधिकृत मञ्जुर अहमद र बैंकको सिमरा शाखाकी प्रमुख शिला थापाले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका थिए ।
बैंकले ल्याएको स्मार्ट योजनाअन्तर्गत शून्य रकममा ‘स्यालरी स्मार्ट बचत खाता’ र सामान्य बचतमा ५ हजार रुपैयाँको खाता खोलेमा १० लाखसम्मको दुर्घटना बीमा, १ लाख सम्मको अस्पताल खर्च, १० हजारसम्मको औषधि खर्च र घातक रोगको उपचार खर्चमा ३ लाखसम्मको बीमा हुने बंैकको सिमरा शाखाकी प्रमुख थापाले जानकारी दिइन् ।



