एभरेष्ट पानोरामा रिसाेर्टमा अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा  रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

रिसोर्टमा बेहोस अवस्थामा भेटिएपछि उनीहरूलाई उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंको  हेम्स अस्पतालमा ल्याइएको थियो ।  अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचारकै क्रममा क्रममा सबैको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीया बालिका अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीय बद्रा रहेको प्रहरीले जनाएको छ ।

होटल एभरेष्ट पानोरामा सोमबार राति बास बसेका उनीहरु बिहानै अचेत अवस्थामा भेटिएका थिए । कोठाको झ्याल ,ढोका बन्द गरेर हिटर बालेर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस