दुई सन्तान सहित दम्पतीले त्रिशूलीमा हामफाले

धादिङ  । बेनिघाटको बाँदरेस्थित झोलुगेंपुलबाट दुई सन्तानसहित दम्पतीले त्रिशूलीमा हाम फालेका छन् । घटनामा श्रीमतीको मृत्यु भएको छ भने दूई बालक बेपता भएका छन् । ३५ वर्षीय विनय रेग्मीको उद्धार गरिएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भएका रेग्मी गजुरीस्थित आदमघाटमा रहेको ससुराली आएका थिए ।

३२ वर्षीया श्रीमती जमुना, दुई वर्षीय र ६ महिने छोरासहित उनले बिहीबार साँझ साँढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीको भनाइ छ । त्रिशूलीको जलयात्रा गर्ने टोलीसँग रहेको उद्धार टोलीले विनयको उद्धार गरेको थियो प्रहरी उपरीक्षक रवीनद्र रेग्मीले बताए ।

जमुनाको शव पनि घटनास्थलनजिकै फेला परेको थियो । दुवै बालक बेपता छन् । कान्पिुर दैनिकमा समाचार छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस