पोखराको मणिपाल अस्पतालमा चम्ल्याहा शिशुको जन्मिए

कास्की । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छिन् ।

पुतलीबजार नगरपालिका.१ की  सुनिता प्रधानले बिहिबार  ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ ।

पहिलो बच्चा छोरी डेढ केजी, दोस्रो बच्चा छोरा १.३ केजी , तेस्रो र चौथो बच्चा छोरीहरु १.३ र १.४ केजीका छन् । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको  छ । यसअघि सुनिताको  ५ वर्षीय एक छोरा छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री