भिसा म्याद सकिएपछि किन नेपालमै बस्छन् विदशी !

काठमाडौं । विदेशीका गतिविधिमाथि अनुगमन नहुँदा सन् २०१९ मा सबैभन्दा धेरै चिनियाँ नागरिक नेपालमा अवैध रुपमा बसेको खुलेको छ । सोही बर्ष भिसा म्याद सकिएपछि अवैध तवरबाट बस्नेमा अमेरिकीको संख्या दोस्रो रह्यो । गत बर्ष ४ सय १५ चिनियाँ अवैध रुपमा नेपाल बसेका थिए । २३ जना ओभर स्टे रहे ।

अमेरिकीबाहेकका विदेशी एक भिसा बर्षमा डेढसय दिनभन्दा बढी बस्न पाउँदैनन् । नेपाल–अमेरिका भिसामा पारस्परिकता कायम भएपछि अमेरिकीहरु एक भिसा बर्षमा १ सय १० दिन बस्न पाउँछन् ।

भिसा म्याद सकिएपछि पनि किन विदेशीहरु नेपालमै बसिरहेका छन् अनुसन्धानको विषय हो । विकसित मुलुकमा जस्तो न नेपालमा काम पाइन्छ, न बढी तलब नै । आखिर किन म्याद सकिएपछि पनि विदेशी लुकीछिपी यहीं बस्छन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस