नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८३ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा खुदनाफा ८३ प्रतिशत बढाएको छ । कम्पनीले गत पुससम्म २७ करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो ।

गत   पुससम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको बीमा शुल्क आम्दानी ४६ प्रतिशत बढेर ७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले न्युनतम प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म बोनस दिदै आएको छ ।

६ महिनामा कम्पनीले ५६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी २९ करोड ३२ लाख रुपैयाँ थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलआईसीले बुधबारदेखि हकप्रद शेयर बिक्री गर्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले बुधबारदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस