आजको मौसम : धेरै ठाउँमा बाक्लो हुस्सु-कुहिरो, वर्षा र हिमपात सम्भावना कति ?

काठमाडाैं । अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ । तर , मध्य र पूर्वी पहाडी बाहेकका ठाउँको मौसम शनिबार सफा हुने मौसमविद्ले बताएका छन् ।

मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै बादल लाग्दै गर्ने भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् । अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेकाले शनिबार पानी र हिउँ भने कतै पनि नपर्ने उनले जानकारी दिएका छन् । विभिन्न ठाउँमा अहिले लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटेर पारिलो घाम लाग्ने मौसमविद् श्रेष्ठले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम अनुमान :
पुस २६ गते (शनिबार)
दिउँसो : मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पश्चिमी भूभागमा आंशिक  बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २७ गते (आइतबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

 पुस २८ गते (सोमबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन …

प्रतिकृया दिनुहॊस