रियल स्पेनिस सुपर कपको फाईनलमा

एजेन्सी । रियल मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरेबियामा भएको खेलमा भ्यालेन्सियालाई ३–१ गोल अन्तरले हराउँदै रियल सुपर कपको फाईनलमा प्रवेश गरेको हो ।

रियलको जितमा टोनी क्रुस, ईस्को र लुका मोड्रिचले गोल गरेका थिए । भ्यालेन्सियाका लागि ड्यानी पारिजोले पेनाल्टीमा एक गोल फर्काएका थिए । खेलमा अग्रता रियलले १५ औ मिनेटमा क्रुसको गोलबाट लिएको थियो । ईस्कोले ३९ औ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे ।

लुका जोभिकको पासलाई सदुपयोग गर्दै ६५ औं मिनेटमा लुका मोड्रिचले रियलका लागि तेस्रो गोल गरे । खेलको अन्तिम मिनेटमा पारिजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाको हार अन्तर घटाउने काम गरे ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस