सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ । उक्त काउन्टरको समुद्घाटन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) द्वारा संयुक्त रुपमा भएको छ ।

समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवादका साथै शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा स्थानिय वासी समक्ष खुशी व्यक्त गरे र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।

समारोहमा महजोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानिय वासी तथा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस