आज र भाेलि काठमाण्डाैँसहित देशका धेरै ठाउँमा वर्षा र भारी हिमपात हुने

काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण बुधबार देशका केही भागमा हल्का वर्षा र केही ठाउँमा मौसम बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। यस्तै, पूर्व, पश्चिम र मध्य क्षेत्रका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना पनि रहेको छ।  बुधबार राति पनि देशभरको मौसममा सुधार नहुने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति सामान्य बदली रही देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।  मौसद बदली बिहीबार पनि रहने छ। बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ। यो क्रम राति पनि रहने छ। केही दिनदेखि बदली रहेको मौसम शुक्रबार रातिदेखि भने सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, शुक्रबार दिउँसो देशका पूर्वी र मध्य पहाडी भू–भागमा सामान्य बदली रही केही ठाउँमा हल्का वर्षाको सम्भावना रहकोछ। बाँकी स्थानहरुमा भने मौसम सामान्यतया सफा रहनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री