काठमाडाै । ज्योति विकास बैंकले काठमाण्डौको गोंगबुमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा गोंगबुमा सञ्चालनमा ल्याइएको छ । काठमाण्डौ महानगरपालिका वडा नं २६, गोंगबुस्थित ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गीले गरिन्।
कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारी, ज्योति विकास बैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधनगरे।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी अघि बढ्न महानगरपालिका इच्छुक रहेको जानकारी दिइन्।
साथै उपमेयर खड्गीले ज्योति विकास बैंकले आगामी दिनहरुमा देशभर शाखा सञ्जाल फैलाउँदै ७७ वटा जिल्लाका जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बताइन्।
कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले विगतका दिनमा झैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझै सरल र सहज रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गर्नुभयो।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको लागि खडा गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समाज हितको लागि विभिन्न क्षेत्रसँग सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरिन्।
यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताए।
साथै उनीले बैंकिङ्ग सेवा मार्फत समाजमा सकरात्मक परिवर्तन ल्याउने कार्यमा ज्योति विकास बैंक लागिरहने जानकारी दिए । उद्घाटन समारोहमा बैंकका संचालकहरु, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।
हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु। ३२ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु।२७ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।



