काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहनुभएकी मोहोनी माया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।
उक्त रकम स्व. मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई बैँकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे ,वडा सदस्य सुर वहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज बापतको साँवा र ब्याज बापतको रकम ५४ हजार २७८ रुपैयाँ र काजकिरिया खर्च ५ हजार रुपैयाँ समेत गरी ५९ हजार २७८ रुपैयाँ चेक हस्तान्तरण गरेको छ ।
र बैंकले तिर्न बाँकी रहेको दुई लाख ११ हजार ४४० रुपैयाँ कर्जा समेत मिनाहा गरेको कम्पनीले जनाएकाे छ ।
तपाईंको प्रतिकृया




