काठमाडौंमा एक दिनमा ३३ सवारी दुर्घटना

काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टाभित्र ३३ वटा सवारी दुर्घटना भएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यी दुर्घटनामा परि एक जना गम्भीर र २५ जना सामान्य घाइते भएका छन्। ट्राफिक नियम उलंघन गर्ने दुई हजारभन्दा बढि चालकमाथि कारबाही भएको छ।

गएको २४ घण्टामा २ सय जनाले सडकको फुटपाथमा सवारी पार्किङ गरेको, १ सय ३८ जनाले लेन मिचेर सवारी चलाएको, ९७ जनाले मादक पदार्थ सेवन गरी सवारी हाँकेको, ४३ जनाले अनावश्यक हर्न बजाएको र ३५ जना चालकले जेब्राक्रसमै सवारी रोकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री