अमेरिका-इरान युद्धको जोखिम : के भन्छन् त्यहाँ रहेका नेपाली?

काठमाडौँ । इराकको राजधानी बग्दादस्थित बेबिलोन होटलमा कार्यरत गोरखाका जितमान गुरुङले बाहिर के भइरहेको छ भन्ने थाहा पाएका छैनन्। उनलाई होटल बाहिर निस्कन अनुमति छैन। ‘भित्रै काम गर्छौं, भित्रै बस्छौँ। बाहिरी वातावरणबारे खासै जानकारी छैन,’ उनले टेलिफोनमा भने।

उनले सडकमा हतियारधारी सुरक्षाकर्मी हिँडिरहेको भने सुनाए। यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्। बेबिलोन होटलमा मात्रै करिब सय नेपाली कार्यरत छन्। त्यही कार्यरत गोरखाका कुन्दन घलेले सुरक्षाजोखिम महसुस भइनहालेको बताए।

‘युद्ध भइहाले १२ किमी टाढा अमेरिकी दूतावास रहेको ग्रिन जोनमा बढी थ्रेट हुन्छ,’ उनले भने। ‘त्यहाँ नेपाली छन् भन्ने सुनेका छौँ, तर हाम्रो सम्पर्क छैन,’ ६ वर्षदेखि इराकमा रहेका उनले भने।

अमेरिकाले ड्रोन आक्रमणबाट इरानका शक्तिशाली जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाव चुलिएको छ। अमेरिकी शैन्य क्याम्पका कारण अमेरिका-इरान युद्ध भए त्यसको असर इराकी क्षेत्र र त्यहाँ रहेका नागरिकमाथि पनि पर्ने आकलन गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप