काठमाडौँ । कृषि विकास बैंकको क्रिडेन्सीयल ह्याकिङ गरी एक करोड रकमसहित फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । मोरङ्गको रङ्गेली नगरपालिका–२ बस्ने ४३ वर्षीया दीपकले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए ।
उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।
तपाईंको प्रतिकृया



