बलिउड नायिका दीपिका पादुकोण आजबाट ३४ बर्षमा

बलिउड नायिका दीपिका पादुकोण ३४ बर्षमा प्रवेश गरेकी छिन् । सुन्दरी नायिका १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा जन्मिएकी हुन् । दीपिका चलचित्रमा आउनु भन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् भने चलचित्रमा आउनु अगाडि म्यूजिक भिडियोमा काम गरेकी थिइन् ।

सन् २००७ मा रिलिज भएको चलचित्र ‘ओम शान्ती ओम’ मा काम गरेपछि दीपिकाको बलिउड यात्रा अगाडि बढेकाे हाे । यो चलचित्र बक्स अफिसमा हिट भयाे याे सँगै दीपिकाको कामको तारिफ पनि भयो ।

हालसम्म उनीले करिब २५ वटा चलचित्रमा काम गरिसकेकी छिन् । ‘रामलिला, बाजिराओ मस्तानी, पद्यमावत’ जस्ता चलचित्रमा दीपिकाले गरेको अभिनयको प्रशंसा अत्यधिक भयाे ।

दीपिकाले नायक रणवीर सिंहसँग गतबर्ष बिहे गरेकी हुन् । दीपिका र रणवीर करिब ६ बर्ष भन्दा बढी समय प्रेम सम्बन्धमा थिए । उनकाे अभिनय तथा निर्माण रहेकाे चलचित्र ‘छपाक’ यहि शुक्रबारदेखि रिलिज हुँदैछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस