अत्याधुनिक जब वेवसाईट र मोवाईल एपको शुभारम्भ गर्दै कुमारी जब प्रा.लिको छैटौँ वार्षिक उत्सव सम्पन्न

काठमाडौँ । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.लिले यही पौष १६ गते आफ्नो छैटाँै वार्षिक उत्सव एक भव्य समारोहका विच सम्पन्न गरेको छ ।

वार्षिक उत्सवको अवशरमा प्रा.लि.ले www.kumarijob.com  नामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको समेत शुभारम्भ गरेको छ ।

सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको छ ।

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यातिmको ठूलो उपस्थितिकाबीच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो ।

कार्यक्रममा कुमारी जब प्रा.लिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कुमारी जब प्रा.लिमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।

त्यसैगरी सोही कार्यक्रममा प्रा.लिले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कुमारी जब प्रा.लिका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले कुमारी जब प्रा.लि नव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा यसले थप सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यसैगरी कुमारी जब प्रा.लि मानव संसाधन व्यवस्थापनका सम्पुर्ण पक्षसँग जोडिईसकेको र यो क्षेत्रमा आफुले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यतm गर्दै आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लागि रहने कुरा बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस