काठमाडौं उडेका दुई विमान जनकपुरमा आकस्मिक अवतरण

यति एयरलाइन्सका दुईवटा विमान प्रतिकुल मौसमका कारण जनकपुरधाममा आकस्मिक अवतरण गरिएको छ । ती बिमान छुट्टाछुट्टै स्थानबाट काठमाडौंका लागि उडेका थिए । नेपालगञ्ज तथा तुमलिङ्गटारबाट काठमाडौंका लागि उडेका दुई विमान आकस्मिक रुपमा जनकपुरतर्फ डाइभर्ट गरिएका थिए ।

काठमाडौंमा निरन्तर परेको पानीका कारण अवतरणका लागि मौसम प्रतिकुल भएपछि जनकपुरमा अवतरण गरिएको हाे ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश खुल्ला नभएका कारण विमान डाइभर्ट गरी जनकपुर पुगेको थियाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप