सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७४ हजार ५ सय रुपैयाँ

काठमाडाैँ । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ । बुधबार र बिहीबार स्थिर रहेको सुनको भाउ आज भने तोलामा एक हजार रुपैयाँ बढेको हो ।

चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री