ताइवान हेलिकप्टर दुर्घटनाहुँदा,सेनापतिसहित ८ जनाको मृत्यु

ताइवानमा वायुसेनाको एक हेलिकप्टर दुर्घटनाग्रस्तहुँदा सेनापतिसहित आठजनाको मृत्यु भएको छ ।उक्त दुर्घटनामा पाँचजना बाँच्न सफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।चीफ अफ जनरल स्टाफ जनरल शेन यी–मिङको दुर्घटनामा मृत्यु भएको हो ।

हेलिकप्टर ताइपेइबाट उत्तरपूर्वी शहर यिलानतिर गइरहेको थियो । ताइवानको रक्षा मन्त्रालयका अनुसार, यूएच–६०एम ब्ल्याकहक हेलिकप्टरमा १३ जना सवार थिए । बिहान ७ः५० मा उडेको  दश मिनेटपछि नै हेलिकप्टर राडार स्क्रीनबाट हराएको थियो र वुलाइको घना जंगल भएको पहाडी क्षेत्रमा ठोकिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप