काठमाडौं । युवराज चौलागाइँको नयाँ गीत ‘मलमल सारी’ सार्वजनिक भएको छ। गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द रहेको ‘मलमल सारी’ बोलको गीतमा सङ्गीत गायक चौलागाइँकै रहेको छ ।
बुधवार सार्वजनिक भएको गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज चौलागाइँले अभिनय गरेका छन्। कविराज गहतराजको निर्देशन रहेको भिडियोलाई दीपकराज सुनारले कोरियोग्राफी गरेका हुन्।
भिडियो सुदिप बरालले खिचेका हुन्।
तपाईंको प्रतिकृया



