सशक्त बन्दै पश्चिमी वायु, देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । भारतबाट भित्रिएको पश्चिमी वायुको न्यून चापीय प्रणाली आजदेखि सक्रिय बनेको मौसमविद्ले बताएका छन् । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले आजदेखि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेको र यसका बादल नेपालका पश्चिमदेखि पूर्वसम्मका आकाशमा फैलिसकेको जानकारी दिए । ‘आज पूर्वदेखि पश्चिमसम्मै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात एवं केही स्थानमा वर्षाको सम्भावना छ,’ उनले भने, ‘यसले चिसो बढाउने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन हामी सबैलाई सुझाव दिन चाहन्छौं ।’

महाशाखाले पनि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेकाले र यसकै कारण चिसो रहिरहने हुनाले चिसोको असरका साथै अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ओलीको आक्रोश- यो देश कांग्रेसको एकलौटी हो ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद् अवरोधको प्रतिरोध गर्ने …

प्रतिकृया दिनुहॊस