काठमाडाैं । पछिल्लो समय लोक दोहोरीबाट निकै चर्चामा रहेका गायक प्रकाश सपुतलाई चलचित्रमा नायकका रूपमा देख्न पाइने भएको छ । यसअघि इन्डियन आइडल जितेका गायक प्रशान्त तामाङले अभिनय गरेका २०७२ सालको हिट फिल्म ‘परदेशी’को सिक्वेल ‘परदेशी–२’मा नायकका रूपमा उनी अनुबन्धित भएका छन् ।
गायकका रूपमा फिल्ममा नायक बनेको प्रकाश नै पहिलो नेपाली कलाकार भने होइनन्। नेपाली चलचित्र वृत्तमा शिव शंकरबाटै गायनबाट नायक बन्ने क्रम सुरु भएको थियो । आगामी फागुनबाट छायांकन सुरु हुने चलचित्र परदेशी-२ मा प्रकाश मुख्य नायकका रूपमा आउँदै छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
दुई वर्षअघि ‘बोल माया’ गीतबाट गायनसँगै अभिनयमा प्रकाश सपुत चर्चामा आएका थिए । त्यसपछि उनलाई ‘गलबन्दी’लगायतको गीतले हिट बनाएको छ ।
तपाईंको प्रतिकृया




