इंग्लिस प्रिमियर लिग : ब्राइटनले बर्नमाउथलाई २–० ले हरायाे

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा ब्राइटन विजयी भएको छ ।  ब्राइटनले एएफसी बर्नमाउथलाई २–० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको तालिकामा २३ अंकका साथ १४औँ स्थानमा उक्लिएको छ ।

ब्राइटनको जितमा अलिरजा जहाँबख्स र अरोन मोएले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमै अलिरजाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए ।  पहिलो हाफमा एक गोल गरेको ब्राइटनले दोस्रो हाफमा पनि अर्काे गोल थप्यो । ७९औँ मिनेटमा ब्राइटनका लागि मोएले गोल गर्दै २–० को जित दिलाए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री