आइएमई जनरल इन्स्योरेन्सको घुम्ति बीमा सेवा संचालन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले घुम्ति बीमा सेवा सञ्चालनमा ल्याएको छ । बीमा समितिबाट जारी “शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” वमोजिम आवश्यक सम्पूर्ण सामग्री सहित एक मोवाइल भ्यान मार्फत घुम्ती बीमा शुरु गरेको कम्पनीले वताएकाे छ ।

ग्राहकलाई आवश्यकतानुसार घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको हो । सेवाको शुवारम्भ गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिृकत युगेशभक्त बादे श्रेष्ठले  काठमाण्डौं उपत्यकाभित्र कम्पनीको शाखा नरहेको विभिन्न स्थानहरुमा घरदैलाेमा नै  गएर यो सेवा प्रदान गरिने र घुम्ती बीमाबाट प्राप्त नतिजाको आधारमा भविष्यमा अन्य स्थानहरुबाट पनि यो सेवा प्रदान गर्ने वताए ।

उक्त कार्यक्रममा श्रेष्ठले नियमनकारी निकायबाट घुम्ती बीमाको लागि मार्गदर्शन प्राप्त भएको साथै यस्तो सेवा प्रदान गर्दा कम्पनीले आफना ग्राहकहरुलाई घरदैलोमानै सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सक्ने र शाखा रहित भएको हुनाले कम खर्चिलो हुने हुनाले सेवा शुरु गरिएकाे जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री