आइएमइ ग्रुपका अध्यक्ष ढकालद्धारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । बागलुङमा शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवमा उनीलाइ उक्त महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले सो महोत्सवको उद्घाटन समारोहमा प्रस्ताव गरेपछि उहाँले सो प्रस्ताव स्वीकार गरेकाे वताइएकाे छ।

सो महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका हैसियतमा सम्बोधन गर्ने क्रममा उनीले भने– साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
आफू महासंघको उपाध्यक्षका साथै एकजना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवम् स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गर्नुभएको स्मरण गर्दै आज आफ्नो गृह जिल्लाका व्यवसायी साथीहरुले पनि यो प्रस्ताव गर्नुभएकोले आफूलाई स्वीकार्य रहेको जानकारी दिए ।

ढकालले नेपाल सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिनुभएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति छन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरेका छन्
साथै आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक छन्।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।
ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।
समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुनुहुन्छ । उहाँ हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुनुहुन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री