काठमाडौं। सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरे ।
सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।
साथै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउँन सक्नेछन् ।
तपाईंको प्रतिकृया



