प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा

काठमाडाैं । प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा नयाँ एक्स्टेन्सन काउन्टर सुरु गरेको छ । बैंकले जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालन गरेको हो ।

एक्स्टेन्सन काउण्टरको उद्घाटन बाग्लुङका प्रमुख जिल्ला अधिकृत लुक बहादुर क्षेत्रीले गरे ।बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको विश्वास लिएको  छ ।

बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम ३९ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री