पोग्वा पुनः युभेन्ट्स फर्किने सम्भावना

काठमाडौँ । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी हुन् पोउल पोग्वा पुनः युभेन्ट्स फर्किने सम्भावना रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनले युभेन्ट्सलाई मेसेज गर्दै यदी आफ्नो आवश्यकता परेको हो भने फर्कन तयार रहेको बताएका छन् ।

तीन वर्ष अगाडि म्यानुमा अनुबन्ध भएका पोउल पोग्वा चर्चामा भन्दा पनि बढी विवादमा देखिदै आएका छन् । म्यानुको खेलमा खासै प्रभाव जमाउन नसकेका कारण पनि उनले क्लब छोड्न लागेको समिक्षकहरु बताउँछन् ।

युभेन्ट्सका प्रशिक्षक सारीले मिडफिल्डरको आवश्यकता महसुस गरेपछि उनलाई अनुबन्ध गर्न चाहेको बताइएको छ । उनलाई अनुबन्ध गर्न युभेन्ट्सले ६० मिलियन युरो र इम्री कान दिने अफर रहेको बताइएको छ ।

सामी खेद्रिया बारम्बार घाइते भएपछि युभेन्ट्सको मिडफिल्ड कमजोर हुँदै गएको समिक्षकहरुको भनाइ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री