एरयपोर्टमा चल्ने गाडीमा पर्यटन वर्षको प्रचार सामाग्री अनिवार्य

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा पर्यटकमैत्री व्यवहार गर्न आग्रह गरेका छन् । उनले अतिथि देवो भवः भन्ने भनाइ नै रहेको बताउँदै पर्यटकलाई देउता समान व्यवहार गर्न आग्रह गरेका हुन् ।

मन्त्री भट्टराईले पर्यटकलाई पहिलो प्रभाव विमानस्थलले नै पार्ने भएकाले गन्तव्यमा पुग्दासम्म राम्रो छाप पार्नु पर्ने बताए । ‘विमानस्थलको सम्पूर्ण चालक, सहचालकहरुको गर्ने व्यवहारले देशकै इज्जत राख्छ’, उनले भने, ‘कुनै पनि देशको पाहुना आउँदा पहिलोपल्ट टेक्ने ठाउँ नै अन्तर्राष्ट्रिय विमानस्थल हो । त्यहाँबाट उनले आफ्नो छाप बनाउँदै जान्छ ।’

एरयपोर्टमा चल्ने गाडीमा पर्यटन वर्षको प्रचार सामाग्री अनिवार्य
मन्त्री भट्टराईले एयरपोर्टमा चल्ने सबै गाडीहरुले पर्यटन वर्षको प्रचार सामाग्री अनिवार्य राख्नु पर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट पर्यटन ट्याक्सी इकाइले बुधबार आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘सन २०२० मा आउने २० लाख पर्यटकमध्ये ९० प्रतिशत पर्यटक त्रिभुवन विमानस्थलबाटै आउने छन्, तपाईहरु सबैलाई निवेदन गर्न चाहन्छु, पर्यटन वर्षको लोगो, इस्टिकर, प्रचार गरिदिनुहोस् । यसले सरकारको कदम सहयोग पुग्ने छ ।’ उनले भ्रमण वर्ष नेपालमा पर्यटक भित्र्याउने शुरु वर्ष मात्र भएको बताउँदै अब योजनावद्ध रुपमा पर्यटक भित्र्याउने कार्यक्रमहरु तय हुने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री