काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ। एक युरोको खरिददर १२५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६० पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ १९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९६ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरका लागि आज खरिददर ७८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ७९ रुपैयाँ १० पैसा तोकिएको छ भने सिंगापुर डलरको खरिददर ८३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३६ पैसा तोकिएको छ।
यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ। साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकिएको छ। आज युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा छ।
आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४९ पैसा बिक्रीदर २७ रुपैयाँ ६४ पैसा तोकिएको छ। यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७७ पैसा तोकिएको छ। आज बहराइन दिनार एकको खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा तोकिएको छ। बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।




