अब घरबाटै वैदेशिक रोजगारीका लागि आवेदन दिन सकिने

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने युवाले घरमै बसेर अनलाइनबाट छनोट प्रक्रियाका लागि आवेदन दिन सक्ने प्रणाली सुरु गरेको छ। यो प्रणालीको परीक्षणसँगै युवाले म्यानपावरमा आएका माग वैदेशिक रोजगार विभागको वेबसाइटमा हेरेर आफूले छनोट गरेको क्षेत्रमा घरबाटै आवेदन दिन सक्नेछन्।

एक म्यानपावरले कामदार छनोट गर्ने र अर्को पूर्वस्वीकृति लिई कामदार छनोट गरी चलखेल गर्ने विकृति अन्त्य गर्न सरकारले यो सेलेक्सन मोडुलर र मागपत्र प्रमाणीकरणलाई अनलाइन प्रमाणीकरणसँग जोडेको हो। सेलेक्सन मोडुलर म्यानपावरले कमदार छनोट गर्ने अनलाइन प्रणाली हो भने मागपत्र प्रमाणीकरण भने नेपाली नियोगले प्रमाणीत गरेको नेपाली कामदारको माग विवरण हो । अब यी २ वटा प्रक्रियालाई अनलाइन प्रक्रियालाई अनलाइन प्रणलीमा स्तरोन्नति गरिएको छ ।

छनोट प्रक्रियामा प्रक्रियामा समावेश नभएकाहरुको पनि श्रम स्वीकृति निकाल्ने वा एउठा व्यवसायीले श्रम छनोट गरी अर्कोले श्रम स्वीकृती निकाल्ने प्रवृत्तिले गर्दा कामदार ठगिने वा उजुरीमा कारवाही प्रकृयामा समेत कठिनाइ आउने अवस्थाको अन्त्य गर्न यो प्रणलीको विकास गरिएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री