गाेठमा आगलागि हुँदा गुल्मीमा एक जनाको ज्यान गयो

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ३ तोरीपाटाका चिन्ताबहादुर सार्कीको गोठमा आगलागि हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार राति आगलागि हुँदा परिचय खुल्न नसकेका एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर खड्काले जानकारी दिए।

गोठमा चिन्ताबहादुरका परिवारका कोही पनि नसुतेकाले शव कसको हो भन्ने बारे खुल्न नसकेको उनले बताए। घटनाको इलाका प्रहरी कार्यालय पुर्कोट दहले थप अनुसन्धान गरिरहेको छ । आगलागिका कारण गोठमा रहेका भैंसी र गोरु समेत जलेर घाइते भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस