विनियोजन बजेट बाहिरबाटै २८ अर्ब माग : बजेट छल्दै, अर्बौं खर्चँदै

काठमाडौं । सरकारका विकासे मन्त्रालय र विभिन्न निकायले नियमित बजेट छल्दै गैरबजेटरीमार्फत अर्बौं रुपैयाँ खर्चने पुरानै प्रवृत्ति दोहोर्‍याउन थालेका छन् । चालू आर्थिक वर्ष २०७६-७७ को पाँच महिनाको अवधिमा मात्रै विभिन्न निकायले गैरबजेटरी शीर्षकबाट २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ खर्चेका छन् ।

गैरबजेटरी शीर्षकमा विभिन्न मन्त्रालय र निकायले अर्थ मन्त्रालयसँग २८ अर्ब ३७ करोड रुपैयाँ माग गरेका छन् । वार्षिक बजेट उल्लेख नभएका कार्यक्रमका लागि विकासे मन्त्रालयले त्यति धेरै परिमाणको रकम माग गरेका हुन् । गैरबजेटरी शीर्षकबाट खर्च गर्नुलाई वित्तीय अनुशासन मान्न सकिँदैन ।

गैरबजेटरी शीर्षकबाट बढी रकम खर्च गर्ने प्रवृति बढ्दै जाँदा वितीय अराजकता र भ्रष्टाचार ह्वातै बढ्न सक्ने अर्थ क्षेत्रका विज्ञहरुले बताएका छन् । सरकारी निकायले चालू आर्थिक वर्षको पाँच महिनामा पुजीगततर्फ ३७ अर्ब ४८ बरोड ९३ लाख रुपैया मात्रै खर्च गरेका छन् । विकास खर्चतर्फ न्युनता देखिरहेको अवस्थामा गैरबजेटी मार्फत खर्च गर्ने प्रवृति भने बढेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री