सनराइज बैंकले महिला उद्यमीलाई १५ लाखसम्मको सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । सनराइज बैंकले महिला उद्यमी व्यवसायीहरुलाई १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसंघसँग सम्झौता गरी ६ प्रतिशतसम्मको ब्याजदरमा सो मात्राको कर्जा दिने भएको हो ।

उक्त सम्झौतापत्रमा सनराईज बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा परसिंघका तर्फबाट महानिर्देशक मेघनाथ न्यौपानेले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् परिसंघमा आवद्ध सम्पूर्ण उद्यमी/महिला सदस्यहरुको उद्यमशिलता विकास, सोका लागि आवश्यक सल्लाह र ब्याज अनुदान कर्जा लगानी सम्बन्धमा दुवै पक्ष सहमत भएको छ ।

साथै, परिसंघमा आवद्ध साना तथा मझौला उद्यमीहरुलाई सनराइज बैंकले सरल रुपमा कर्जा लिने प्रक्रिया, सहुलियतपूर्र्ण कर्जा, कर्जा उपभोग गर्दाको फाईदा जस्ता कर्जासँग सम्बन्धित जानकारी मुलक तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिने समझदारी भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइज बैकसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री