झापा । बसको ठक्करबाट झापाको विर्तामोडमा पैदल यात्रीको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्ट्यान्डस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो ।
शुक्रबार बिहान वीरगञ्जबाट काँकरभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६११६ नम्बरको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका – २ बस्ने वर्ष ५६ को होमनाथ ढुङ्गेललाई ठक्कर दिएर घाइते बनाएको थियो।
ठक्कर दिने बस, बस चालक पर्सा जिल्ला गढी नगरपालिका-९ बस्ने बर्ष ३९ को बेदबहादुर सुबेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा छ।
तपाईंको प्रतिकृया



