उर्जा बचत गर्ने कम्पनीहरुलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्र्तगत विभिन्न कम्पनीहरुलाई अनुदान रकम दिएको छ ।

नेपाल सालिमार सिमेन्टलाई एक करोड रुपैंया, नेपाल डेरीलाई १८ लाख ५ सय ६८ रुपैंया ३५पैसा, पन्चकन्या स्टिललाई १३ लाख ९९ हजार एक सय दुई रुपैंया पैसा त्रिचालिस, प्रिमियर वायर्सलाई ५ लाख ५० हजार ८ सय रुपैंया पैसा पन्ध्र, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख पैंसठ्ठी हजार ९ सय रुपैंया रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बिहिबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री