पौष १० मा लाग्ने सूर्य ग्रहण बढी असरकारक हुनेछः ज्यो. सुवेदी (भिडियो सहित

काठमाडाैँ ।  यही वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ । नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताउनु भएको छ । सो कुरा उहाँले फोरकास्ट टेलिभिजन युट्युब च्यालनलमा बताउनु भएको हो ।

यसै पनि ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् ।

जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाई छ ।

ग्रहण लाग्दा के गर्न हुन्छ र के गर्न हुन्न भन्ने बारे समाजमा व्याप्त मान्यताको बारेमा पनि उहाँले वैज्ञानिक विश्लेषण दिनु भएको छ । भने ज्यो. सुवेदीले ग्रहण कसरी लाग्छ भन्ने विषयमा ज्योतिष विज्ञान र आधुनिक विज्ञान दुवै लजिकको तुलनात्मक चर्चा पनि गर्नुभएको छ ।

ग्रहणको बारेमा ज्यो. सुवेदीको भनाई जस्ताको तस्तै तलको भिडियोमा हेर्न र सुन्नसक्नु हुनेछ –

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस