कञ्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिएको छ। दुई दिनदेखि शीतलहरसँगै चिसो बढेसँगै पुस ३ र ४ गते नगरपालिका क्षेत्रका सामुदायीक र संस्थागत विद्यालयमा बिदा दिइएको हो।
चिसो बढेपछि बालबालिकालाई विद्यालय जान अप्ठेरो हुनुका साथै कक्षा कोठामै चिसोका कारण पठनपाठनमा बाधा पुग्न थालेपछि बिदा दिने निर्णय गरिएको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए।
नगरपालिका क्षेत्रका सबै विद्यालयलाई विदा दिने निर्णय बारे जानकारी समेत दिईएको छ। भीमदत्तसँगै शुक्लाफाँटा नगरपालिका क्षेत्रका नीजि विद्यालयहरुले समेत विद्यालयमा चार दिन बिदा दिएका छन्।
तपाईंको प्रतिकृया



