सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी सेभिङ्स प्लस अकाउन्ट’ नामक नयाँ बचत खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सार्वजनिक गरेको छ । ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै ‘सेञ्चुरी सेभिङ प्लस खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

न्यूनतम मौज्दात ५० हजार रुपैयाँ रहेको यस खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज पाइने बैंकले जनाएको छ ।

रु. १० लाख सम्मको प्राणघातक रोग, दुर्घटना, दीर्घकालीन अशक्तताको बीमा आइएमई जनरल इन्सुरेन्सबाट गर्ने व्यवस्था गरिएको छ ।

सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निस्शुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइनेछ ।

उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री