काठमाडाैँ । सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ। मङ्गलबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन आज बुधबार १ सय रुपैयाँले बढेको छ। हिजो मङ्गलबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बुधबार बढेर ७१ हजार ६ सयमा पुगेको छ।
सरकारले सुनको भन्सार मूल्य बढाएपछि एकाएक उचाइमा पुगेको सुनको मूल्य केही घटेको थियो। निकै उत्तारचढाव हुँदै आएको सुनको मूल्य आज बढेर ७१ हजार ६ सय पुगेको हो। केही दिनअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेर प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो।
तपाईंको प्रतिकृया




