हतियारसहित तीन जना रौतहटबाट पक्राउ

रौतहट । हतियारसहित तीन जना रौतहटबाट पक्राउ परेका छन् । बाराको सुवर्ण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका ३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल बरामद गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोकिएन सुन तस्करी, ५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् …

प्रतिकृया दिनुहॊस