विदेशी बालिकामाथी बलत्कारको प्रयास

काठमाडौं । अभिभावकसंग नेपाल घुम्न आएकी १२ वर्षीया अस्ट्रेलियन बालिकामाथी बलात्कारको प्रयासमा भएको छ । बालिकामाथी जर्वजस्तीको प्रयास गर्ने सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार रहेका छन् ।

गत मंसिर २८ गते लाङटाङको दृश्य हेर्न आफ्ना आमाबुवाको साथमा रसुवा पुगेकी बालिकामाथी स्थानिय २९ वर्षीय सुनिल पौडेलले बलात्कारको प्रयास गरेका हुँन् । बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावकले काठमाडौ आएर प्रहरीमा उजुरी दिएका थिए ।

आफुलाई ट्रेकिङ गाइडको एक्सपर्ट रहेको बताउने सुनिल हाल प्रहरीको नियन्त्रणमा रहेका छन् । उनले करणी प्रयासको अभियोग अस्वीकार गर्दे आएका छन् ।स्थानिय एक रिसोर्टमा बसेको बेला सुनिलले बालिकालाई धुम्न जाँने प्रस्ताव गरेका थिए । केटा बाबुआमासँगपनि परिचित रहेकाले बालिकाले उनीमाथि विश्वास गर्दा उनीहरु घुम्न निस्केका थिए।

तर, सुनिलले यौनजन्य कृयाकलाप गर्न थालेपछि बालिका चिच्याउदै भागेर आमाबुवा भएको ठाँउमा आएकी थिइन् । हाल आरोपी जिल्ला प्रहरी कार्यालय रसुवाको नियमन्त्रणमा रहेका छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नारायणीमाथि नयाँ पुल बन्ने, प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न …

प्रतिकृया दिनुहॊस